इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त जहाज मिलानमा रहेको खाली भवनमा ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।
मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमानका पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको बताइएको छ ।
सो विमानको लिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको थियो । विमानस्थलबाट जहाज उड्नेबित्तिकै तल झरेको हो ।
विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो। घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनका पत्नी र छोराको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार