रोल्पा । एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा परिबर्तन गाउँपालिकाको दोस्रो अधिवेशन पुतलाचौरमा भएको छ ।‘सम्पूर्ण मुक्तिकामी शिक्षक कर्मचारी एक हौं’ भन्ने मुल नाराका साथ अधिवेशन भएको हो ।
अध्यक्ष चक्र बहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय सदस्य तथा नेपाल शिक्षक महासंघ रोल्पाका अध्यक्ष भिम प्रकाश पुनमगरले अबको संगठनमा नयाँ अनुहार आएको र संगठनलाई मजबुत र बलियो बनाउने समेत बताए ।‘पानी जसरी फिल्टरमा राखेपछि छान्निएर सफा भएर आउने गर्छ,तब पानी सफा हुने र पिउनु उपयुक्त हुने बताए । संगठनमा पनि सबैले रुचाएको व्यक्तिहरु आएको बताए।
अबको संगठन विस्तार,नीति,योजना र उद्देश्य लगएतलाई बलियो खम्बा बनाएर अगाडि बढ्ने अवसर प्राप्त भएको र त्यसलाई सशक्त ढंगले निर्वाह गर्नु पर्ने बताए । अधिवेशनको बन्दशत्रले एकीकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ पदाधिकारी चयन गरेको छ । जसमा अध्यक्षमा तिलक घर्तीमगर,वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद कडेल,उपाध्यक्ष निम बहादुर घर्तीमगर,महिला उपाध्यक्ष अञ्जना रोका मगर,आर्थिक सचिव राम बहादुर घर्तीमगर,सचीव पृथ्वी बहादुर वली र सहसचिव सर्मिला घर्तीमगर लगाएत गरि २१ सदस्य एकीकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ नेतृत्व चयन भएको बताइएको छ।
कार्यक्रममा बिशिष्ट अतिथि नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगर,नेकपा माओवादीकि पूर्व उपाध्यक्ष तथा परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हित कुमारी बुढामगर र सामाजिक विकास समिति संयोजक तथा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव हरि प्रसाद बुढामगर रहनु भएको थियो।अन्य अतिथिमा नेकपा माओवादी केन्द्र शिक्षक मोर्चा इन्चार्ज जय बहादुर घर्तीमगर,एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्लाका सदस्य गोपाल बहादुर के.सी,परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुनमगर,३ का वडा अध्यक्ष झपिराम डाँगी,६ का वडा अध्यक्ष भानसिङ बुढामगर,नेपाल शिक्षक महासंघका संस्थागत सहसचिव सुर्य प्रकाश डाँगी,नेपाल शिक्षक संघका मिनबहादुर डाँगी,अखिल नेपाल शिक्षक संगठनका नरेश कुमार खड्का,पूर्व जनमुक्ति सेना ओपेन्द्र बुढामगर र शिक्षक मोर्चाका सल्लाहकार कालुराम बुढामगर लगाएतको आतिथ्यता रहेको थियोे।
कार्यक्रमको स्वागत मन्तव्य एकीकृत अखिल नेपाल शिक्षक संगठन परिवर्तन गाउँपालिका सदस्य रण बहादुर सुनारले दिनुभएको थियो।सबै बोल्ने अतिथिहरुले नयाँ आउने पदाधिकारीलाई नयाँ कार्यकालको शुभकामना र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन एकीकृत अखिल नेपाल शिक्षक संगठन परिवर्तन गाउँपालिका सचीव मन प्रसाद पुनमगरले गरेका थिए ।