राष्ट्र बैंकले एक, दुई, २५ र २५० का नोटहरू छाप्न किन गर्यो बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ। यसभन्दा अघि ११ प्रकारका नोटहरू छपाइ गर्दै आएको थियो ।

तर रु १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्।

रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक वि.सं. २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस