राप्रपाको नगर, क्षेत्रीय र प्रदेश अधिवेशन सम्पन्न

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नगर, क्षेत्रीय र प्रदेशको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट राप्रपा दाङ जिल्ला निर्वाचन क्षेत्र नं ३ को अध्यक्षमा छोटिलाल थारु, प्रदेश सभा ३ ‘क’ को अध्यक्षमा लक्ष्मण केसी, प्रदेश सभा ३ ‘ख’ को अध्यक्षमा श्रीमणि न्यौपाने र तुलसीपुर उपमहानगरपालिकाको नगर अध्यक्षमा पर्वत बस्नेत चयन भएका छन् ।

जिल्ला निर्वाचन समिति संयोजक अम्मर वलीको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय कार्यसम्पादन सदस्य टोपबहादुर शाह, मिना स्वर्णकार, केन्द्रीय सदस्य तिलकबहादुर बस्नेत, हरि देवकोटा, दामोदर भण्डारी, बंशीकुमार शर्मा, जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत, जिल्ला सहअध्यक्ष हंसराज केसी र उपाध्यक्ष भुपाल रावत लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त अधिवेशनबाट चयन भएका चारै जनाले आआफ्नो प्रतिबद्धता पनि जाहेर गरेका थिए भने अधिवेशनको सञ्चालन जिल्ला सचिव श्रीमणी न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस