
उपासना सिंह ठकुरीले विवेक सुवेदीले निर्देशन गर्न लागेको चलचित्र ‘योलो’मा काम गर्ने पक्का भएको छ । वुझिएअनुसार, यो चलचित्रको छायांकन इटालीमा गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
उनले चलचित्र ‘डिसेम्बर फल्स’को बाँकी रहेको ३० प्रतिशत छायांकन सक्नुपर्नेछ । उनी नायक आर्यन सिग्देलसँग नै दोश्रो चलचित्र ‘मिरर’मा पनि काम गर्ने तयारीमा छिन् । तर, यो चलचित्रमा उनले लिखित संझौता भने गरिसकेकी छैनन् ।
चलचित्रमा नायिका आना शर्माको पनि मुख्य भूमिका रहनेछ । ‘जेरी’ डेब्यू नायिका शर्मा र ‘क्याप्टेन’ डेब्यू नायिका ठकुरीले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् । आनाले प्रवेश पौडेलको निर्देशनमा बन्ने एक चलचित्र साइन गरिसकेकी छिन् । तर, अनटाइटल चलचित्रको काम अगाडि बढ्न सकेको छैन ।
चलचित्रबाट मित्रताको कथा भन्ने तयारी निर्देशक सुवेदीले गरेका छन् । यो चलचित्रको छायांकन अक्टुबरको मध्यबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ ।