नेपाल राष्ट्र बैंकले आज ३० अर्ब बैंकमा पठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो जारी गर्न लागको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि रिपो जानरी गर्न लागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को समस्या विकराल बनेसँगै बैंक एक हप्ताका लागि थप ३० अर्ब रुपैयाँ रिपोको रुपमा वितरण गर्न लागेको छ ।

बैंकद्वारा जारी सूचनाअनुसार बुधबार दिउँसो ३ बजे देखि एक हप्ताका लागि ३० अर्ब रुपैयाँ अर्थात् तीन हजार करोड रुपैयाँ जारी गर्न लागेको हो । इच्छुक ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले ३ः१५ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदन सुविधा बैंकको वेभसाइटमा उपलब्ध छ ।

राष्ट्र बैंकले जारी गर्न लागेको रिपोमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन्।

रिपो भनेको नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा निश्चित समयका लागि पैसा पठाउने एक माध्यम हो। गत असोज १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम १० प्रतिशतसम्म अफर गरेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस