काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।
बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो ।
सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।
अधिवेशन सुरु भए देखि नै एमालेको विरोध कायम रहेकाले बजेट भन्दा अन्य विषयमाथि छलफलको वातावरण बन्न नसकेकाले बैठक एक साता पर राखिएको राष्ट्रिय सभा सचिवालयको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार