नेपाली कांग्रेस रोल्पाको१० वटै पालिकामा सर्वसम्मत चयन

रोल्पा । नेपाली कांग्रेस रोल्पाको १० वटै पालिकामा सभापति सर्वसम्मत चयन भएका छन्। शनिबार भएको महाधिवेशनमा जिल्लाको १० वटै पालिकामा सर्वसम्मत रूपमा सभापतिहरु चयन भएको जिल्ला निर्वाचन सहायक अधिकृत सुर्य बहादुर वलीले जानकारी दिए ।

जसमा रोल्पा नगरपालिका सभापति चन्द्र प्रकाश आचार्य, सुनछहरी गाउँपालिका सभापति कोम बहादुर बुढामगर, सुनिलस्मृती गाउँपालिका सभापति आशिष गिरी, गंगादेव गाउँपालिका सभापति मीन बहादुर खड्का, माडी गाउँपालिका सभापति नवराज डाँगी चयन भएका छन्।

त्यस्तै परिवर्तन गाउँपालिका सभापति खड्का बहादुर घर्तीमगर, थबाङ गाउँपालिका सभापति खरिलाल डाँगी, त्रिवेणी गाउँपालिका सभापति दुर्योधन राना मगर, रुन्टीगढी गाउँपालिका सभापति जनक पुनमगर र लुङ्ग्री गाउँपालिका सभापति जनक खड्का लगायत सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार
प्रतिक्रिया दिनुहोस