
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङसहित ६४ जिल्लामा एकैसाथ आज पालिकाको अधिवेशन हुन लागेको छ । दाङका १० वटा पालिकामध्ये तीन पालिकामा सर्वसम्मत भएको छ भने सात पालिकामा नयाँ नेतृत्वका लागि उमेद्वारी दर्ता भएको छ । राप्ती, शान्तिनगर र बंगलाचुलीबाहेक अन्य पालिकामा निर्वाचन हुन लागेको हो ।
निर्वाचन हुन लागेको पालिकामा दुई प्यानलमात्रै चुनावी प्रतिष्पर्धामा रहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा सभापति पदका उमेदवार सुरेश हमाल र अनिल कार्कीको प्यानल चुनावी मैदानमा रहको निर्वाचन अधिकृत कुमारराज श्रेष्ठले जानकारी दिए । हमालको प्यानलमा उपसभापतिमा बिनिल केसी र पिललाल डाँगी, सचिवमा बिमल पौडेल र शुशिल वली, सहसचिवमा झनक बस्नेत र शेषमणी भण्डारी चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
घोराही उपमहानगरपालिकामा तिलक रावत र निरज गिरीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । रावतको प्यानलमा उपसभापति पदमा दुर्लभ केसी र प्रदिप सुवेदी, सचिवमा पुष्पराज आचार्य र भिमकान्त चौधरी, सहसचिवमा टेकन बस्नेत र राजकुमार बस्नेत चुनावी मैदानमा छन् ।
त्यसैगरी गिरीको प्यानलबाट श्रीधर महरा र देवबहादुर लामिछाने उपसभापति पदमा उमेदवारी दर्ता गरेका छन् । यस्तै मनोज डिसी र किरण पौडेलले सचिवमा र भरत धिताल र सतिश शर्माले सहचिवमा उमेदवारी दर्ता गराएको कांग्रेस दाङले जनाएको छ ।
यस्तै लमही नगरपालिकामा शिबप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापतिमा पदमा उमेदवारी गरेका छन् । चौधरीको प्यानलबाट उपसभापति पदमा बिनोद खड्का र लालमणी चौधरी, सचिवमा कैलाशप्रसाद चौधरी र हरि बहादुर बिक, सहसचिवमा खिमबहादुर योगी चुनावी मैदानमा उत्रिएका छन् ।
बबई गाउँपालिकामा प्रकाश बस्नेत र पर्शाराम भुषालले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । बस्नेतको प्यानलबाट पिमलाल केसी र छवि केसीले उपसभापति पदमा उमेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी गणेश केसी र खिमकान्त धितालले सचिव पदमा उमेदवारी दर्ता गरेका छन् । त्यसैगरी भुषालको प्यानलबाट गोपिलाल केसी र बमकुमार खड्काले उपसभापतिमा, सचिवमा लिलाधर खड्का र सुवास हमाल, सहसचिवमा खेमेन्द्र देवकोटा र ओविराम सुवेदी चुनावी मैदानमा रहेको सभापति बलबहादुर बुढाले जानकारी दिए ।
दङ्गीशरण गाउँपालिकामा शम्भु गिरी र हर्कबहादुर बुढाथोकी सभापति पदमा प्रतिष्पर्धामा रहेका छन् । गीरी प्यानलबाट गिरीराज न्यौपाने र दुर्गाबहादुर बोहरा उपसभापतिमा , सचिवमा बामदेव विष्ट, ओपेन्द्र शर्मा र सहसचिवमा टोपबहादुर खड्का र डम्मबर बहादुर वलीले उमेदवारी दिएका छन् ।
बुढाथोकीको प्यानलबाट उपसभापतिमा देवनारायण आचार्य र गणेश विक, सचिवमा प्रदिप केसी र शंकर देवकोटा, सहसचिवमा ठाकुर डाँगी र हिरा पुन कार्कीले उमेदवारी दिएका छन् ।
राजपुरमा शरद बुढाथोकी र नरेन्द्र सिं भण्डारी सभापति पदमा उमेदवारी दिएका छन् । बुढाथोकीको प्यानलबाट राजबहादुर यादव र अमृत खड्काले उपसभापति पदमा उमेदवारी दिएका छन् भने भण्डारीको प्यानलबाट मोहन गुप्ता र आशाराम यादवले उपसभापतिमा उमेदवारी दिएका छन् । सचिव पदमा शालिकराम यादव , इन्द्र बहादुर भण्डारी र दिनानाथ यादव चुनावी मैदानमा छन् ।
गढवा गाउँपालिका सभापतिमा कृष्णराज पाण्डे र किरण पौडेलको तथा सचिवमा पुणर्प्रसाद चौधरी र पोषणराज शर्मा, ओम प्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेद्वारी परेको छ । उपसभापतिमा मोहनलाल चौधरी र ऋषिराम पुरी, सहसचिवमा प्रदिप विक र रामप्रसाद चौधरी सर्वसम्मत चयन भएका भएको निर्वाचन अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।
राप्ती, बंगलाचुली, शान्तिनगर गाउँपालिकामा भने सर्वसम्मत भएको छ । राप्तीको सभापतिमा विद्याशरण चौधरी, उपसभापतीमा श्यामा रावत र प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैनकुमार चौधरी, सह सचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी बंगलाचुली गाउँपालिकामा पनि नयाँ समिति सर्वसम्मत चयन भएको छ । सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोणर् खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बि.क, केयरसिं गाहा मगर सर्वसम्मत भएका छन् ।
शान्तिनगर गाउँपालिका सचिव बाहेक अन्य पदमा सर्वसम्मत भएको छ । सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन् भने उपसभापतिमा लालबहादुर बुढाथोकी र दोणर् केसी र सहसचिवमा भागीराम रावत र घनश्याम खड्का निर्विरोध चयन भएको नेता पर्साराम डाँगीले जानकारी दिए ।
उनकाअनुसार सचिवमा तीन जना प्रतिष्पर्धामा रहेका छन् । दिपक लामिछाने, रोशन रावत र पदम केसी चुनावी प्रतिष्पर्धामा रहेका छन् । राजपुर गाउँपालिकामा सहसचिव र सदस्यहरु सर्वसम्मत भएका छन् भने अन्य मुख्य पदमा निर्वाचन हुन लागेको छ ।