खुम्बु पुगेर इन्दिराले गरिन् शरदसँग इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायीका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर उनले इन्गेजमेन्ट गरेकी हुन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन पुगेका इन्दिरा र शरदले इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरु हेलिकोप्टरमार्फत खुम्बु पुगेका थिए । इन्दिराले सामाजिक सञ्जाल फेसबुकमा शरदले आफूलाई औंठी लगाएको तस्वीर पोष्ट गर्दै प्रेमी सार्वजनिक गरेकी हुन् । शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशी हुँदै स्वीकारेकी छिन् ।

इन्दिराले फेसबुकमा लेखेकी छन् ‘उनले सोधे के तिमी विवाह गर्छौं, अनि मैले भने एस, म तिमीलाई माया गर्छु शरद।’ उनीहररु केही समययता ‘डेट’ गर्दै आएको भनिए पनि इन्दिराले प्रेम प्रस्ताव स्वीकार नगरेर विवाह स्वीकार गरेको बताएकी छन् ।

३५ वर्षीया इन्दिरा गायन रियालिटी शो ‘नेपाली तारा’बाट उदाएकी हुन् । ‘नेपाली तारा’को ताज नजितेपनि त्यसयता उनी गायनमा चम्किँदै गइन् । उनी पार्श्र्वमा आईटम गीतमा बढी रुचाइएकी गायिका हुन् । उनले स्टेजमा दिने प्रस्तुतिलाई स्रोता एवं दर्शकले निकै रुचाउँदै आएका छन् । इन्दिरा ‘नेपाल आइडल’को सिजन ३ सम्म निर्णायक पनि बनेकी थिइन् ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस