चार उपाध्यक्षसहित महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी टुंगो लगाएको छ । चार उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिव रहनेगरी पदाधिकारीको टुंगो लगाएको हो । महासचिव बेदुराम भुसाल चयन भएका छन् ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला र सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको हो ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिदैछ ।

मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस