शुशिल वलीः चट्टानमा उम्रेको पालुवा

‘म चट्टानमा उम्रेको पालुवा हुं, रुख बनेर झांगिन चाहन्छु, झांगिएपछि मैले एउटा सुन्दर वगैचा बनाउने परीकल्पना गरेको छु’
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा तुलसीपुर उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर इकाइ सचिवका प्रत्याशि शुशिल वलीको अभिव्यक्ति हो यो । विसं २०४५ शालमा जन्मिएका शुशिल तुलसीपुर उपमहानगरपालिका—१७ वनकट्टाका स्थानियबासी हुन् । त्यहिबाट क्षेत्रीय प्रतिनिधि बनेका वली आउंदो नगर अधिवेशनमा शुरेश हमाल नेतृत्वको टिममा सचिव पदका उम्मेदवार हुन् ।

तुलसीपुर उपमहानगरपालिका—१७ उहिले वामपन्थीहरुको अखडाका रुपमा चिनिन्थ्यो । तर पनि त्यहि अखडामा नेपाली कांग्रेस पनि फैलन सक्छन् भन्ने सन्देश दिनकालागी आफुहरु सानैदेखि नेपाली कांग्रेसको आस्था र विचारसंग जोडिएको शुशिलको अभिव्यक्ति छ । विसं २०६२/०६३ शालको ऐतिहासीक जनआन्दोलनदेखि उनी नेपाली कांग्रेसको सक्रिय राजनितिमा जोडिए । यस अघि उनले नेपाली कांग्रेस साविक मानपुर इकाइको सचिवको भुमिका पनि कुशलतापुर्वक निर्वाह गरे । शुशिल लामो समयसम्म शिक्षासंग पनि जोडिए । नारायणपुरमा सन्चालनमा आएको लिटिल भ्यालि स्कुलमा उनी कम्तिमा ८ बर्ष प्रीन्सपल अनि लगानीकर्तासंगै प्राचार्यको भुमिकामा पनि कर्तव्यनिष्ठ भएर लागे । अनि इटा व्यवसायमा पनि जोडिए ।

नामै काफि छ, शुशिलको । मिलनसार एवं मृदुभाषि भएकाले सायद उनको नाम पनि शुशिल राखिएको हुन सक्ने उनका दौतरीहरु तर्क गर्छन् । राजनितिमा युवाहरु जोडिनु नितान्त आवस्यक छ, युवाहरुको उचित नेतृत्व शुरेश हमालले गर्न सक्छन् भनेर आफु हमालको नेतृत्वको टिममा जोडिएको शुशिलको अभिव्यक्ति छ । आफ्ना चुनावी एजेण्डाहरुका विषयमा शुशिल भन्छन्, हाम्रो टिमका जुन प्रतिवद्धता सार्वजनिक भएका छन् तीनै एजेण्डा मेरा पनि प्रतिवद्धता हुन् ।

पछिल्लो समयमा युवाहरुमा राजनिति प्रतिको आकर्षण कमजोर बन्दै आएको छ । यसलाइ समाजमा पुनराबृत्ति गराउन र युवाहरुलाइ राजनितिक जागरणमा ल्याउन पनि हाम्रो सामुहिक प्रतिवद्धता हो । अर्को कुरा राष्ट्रियता, लोकतन्त्र, समाजबाद प्रति सदा प्रतिवद्ध भई नेपाली कांग्रेसका सम्पूर्ण अभियानहरुलाई नगरवासीसंग जोड्न, पार्टी बिधानको मर्म अनुसार नगर ईकाई समितिहरुलाई सकृय बनाउने, जनता र पार्टीको सम्बन्ध अँझ प्रगाढ बनाउन बिभिन्न अभियानहरु सञ्चालन गर्ने, पार्टीलाई हरेक निर्वाचनमा बिजयी बनाउन पार्टी भित्रको आन्तरिक एकता सुदृढ बनाउँदै युवा पुस्ताको पार्टी प्रतिको आकर्षण बढाउने, गरिब, बिपन्न, सिमान्तकृत, मजदुर, किसान, अल्पसंख्यक,फरक क्षमता भएकाहरु एब ज्येष्ठ नागरीकहरु, महिला, दलित, आदिबासीरुका मुद्धालाई पार्टीको मुद्धाका रुपमा स्थापित गर्दै लैजाने पनि हाम्रो चुनावी प्रतिवद्धता हो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा पार्टीका भेलाहरु नियमित रुपमा आयोजना गर्ने, तुलसीपुर उपमहानगरपालिकाका काम कारवाहीलाई जनताको पक्षमा पार्न निरन्तर निगरानी र खवरदारी गर्ने, तुलसीपुरको पूर्वाधार बिकासका लागि नयां अभियान थाल्ने, जनताका उत्पन्न समस्याहरु समाधान गर्न निरन्तर सकृय रहने,तुलसीपुर क्षेत्रको शिक्षा,mस्वास्थ्य, खानेपानी, सडक, यातायातको प्रबन्ध गर्नका लागि तिनै तहका सरकारहरुसंग पहलकदमी थाल्ने तथा तुलसीपुरमा सचिवालय सहितको नगरपार्टि कार्यालय स्थापना गर्न पहल गर्ने र १९ वटै वडामा पार्टिको इकाइ कार्यालय स्थापना गर्न पहल गर्ने प्रतिवद्धता सहित हामी महाधिवेशनमा नगरको नेतृत्व गर्न प्रतिक्षारत छौं । शुशिल भन्छन्, मलाइ र मेरो पुरै टिमलाइ अमुल्य मत दिएर विजयी बनाउनुस्, हामीहरुले जाहेर गरेका सवै प्रतिवद्धताहरु हाम्रो कार्यकालभित्रै पुरा गर्ने छौं ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस