कपिलवस्तु क्षेत्र नं. २ मा १ सय ५० जना राप्रपामा प्रवेश

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु क्षेत्र नम्बर २ हरिहरपुरमा आमसभा तथा बृहत् पार्टी प्रबेशको कार्यक्रममा सम्पन्न भएको छ । बुद्धभुमि नगरकार्यसमितिको आयोजनामा उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना राप्रपामा प्रबेश गरेका छ्न ।

सो कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राप्रपाले बोकेको विचारले मात्र मुलुकले निकास पाउने बताए । साथै उनले एनसेल काण्ड, वाइडवडी काण्डलगायत ठूला भ्रष्टाचार भएकोले नागरिक आयोग गठन गरि भ्रष्टाचारीलाई कारबाही गर्न चुनैति दिए ।

त्यस्तै कार्यक्रममा राप्रपाका नेता नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेरले पार्टीले एमसिसिको बिरोध गरी छरिएर रहेका हिन्दुवादी, राजसंस्थावादी र भ्रष्टाचार विरोधी अभियन्तालाई एकीकृत गरी राप्रपालाई ठुलो राष्ट्रवादी कांग्रेस र कम्युनिष्ट पार्टीको विकल्प पार्टी बनाएर छोड्ने बताए ।

उक्त सभामा पार्टीका केन्द्रीय सदस्य ध्रुब रायमाझी, ऋषिकेश देवकोटा, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ र प्रबिसका केन्द्रीय सदस्य नबराज घिमिरेलगायतले बोलेका थिए । बुद्धभुमि नगरका अध्यक्ष लिलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शंकर सुक्लले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस