कपिलवस्तुको शुदोधनमा विभिन्न पार्टी परित्याग गरी २५० जना राप्रपामा प्रवेश

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु क्षेत्र नम्बर १ शुदोधन गाउँपालिकाको आयोजनामा लबनि चोकमा आमसभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । शुदोधन गाउँपालिका मोहमद हुसेनको नेतृत्वमा काग्रेस, नेकपा, समाजवादी, गरी २ सय ५० जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छ्न् ।

उक्त कार्यक्रममा पार्टीका बरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री दिपक बोहोराले आफु स्वस्थ्य मन्त्री हुँदा मृगौला, क्यान्सर र पक्षाघात बिरामीलाई प्रत्येक महिना ५ हजार दिने निर्णय गरेकोमा यो भन्दा अगाडिको सरकारले खारेज गरेको र हाल उक्त निर्णय कार्यन्यन गरेकोमा धन्यवाद दिएका छन् । आफु २०४८ सालमा यसै क्षेत्रवाट चुनाब लडेको कपिलवस्तुसँग आफ्नो पुरानो सम्बन्ध रहेको आफुलाई जुनसुकै बेला खबर गरेमा यहँ आउने र जस्तोसुकै सहयोग गर्ने तयार रहेको बताए ।

उक्त कार्यक्रममा पूर्व गृहमन्त्री निराजन थापाले राजाको समयमा कपिलबस्तुमा धैरै पटक सवारी भएको र दरबार अगाडि नै मजित बनाउन दिएको र महोमद हुसेनलाई मन्त्री र राष्ट्रियसभाको अध्यक्ष बनाएर मुस्लिमप्रति उच्च समान दिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय , कार्यसम्पादन सदस्य ताहिर अलि केन्द्रीय सदस्य ध्रुब रायमझी, इदिर्स मुसलमान बिजय लक्षमी सिङ, कनिजा फातमा रगुन, देबेन्द्र श्रीवास्त्व, मनोज सुक्ल रुपन्देही राप्रपा अध्यक्ष सागर प्रताप राणा, कपिलवस्तु अध्यक्ष नारायण बहादुर सिङ लगायतले आआफ्नो भनाई राखेका थिए ।

शुदोधन गाउँपालिका अध्यक्ष बिजय कुमार पान्डे अध्यक्षता भएको कार्यक्रममा सुब्बा थारुले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन प्रमोद मिश्रले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस