दंगीशरणमा विविध कार्यक्रम गरी संविधान दिवस मनाईयो


दंगीशरण । दंगीशरण गाउँपालिका युवा संजालले आज आईतवार संविधान दिवस मनाएको छ । संजाले आज दंगीशरण ३ हेकुली चौकमा दिप प्रज्वलन गरी संविधान दिवस २०७८ मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि चौधरीले नेपाली जनताको रक्षाका लागी बनाईएको संविधान गणतन्त्रात्मक संविधान बचाई राख्न हरेक बर्ष संविधान दिवस मनाएपनि हरेक जनताले यस संविधानको अनुभूति गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा ग्रीन फाउण्डेसन अफ नेपाल दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा समाजसेवी नेता एमएन शाह, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी, ३ न. प्रदेश युवा संजालका सदस्य पारस खड्का, युवा संघ दंगीशरणका सचिव जेनीश कवँर लगायतले आआफ्नो भनाई राखेका थिए ।

संजालका अध्यक्ष चक्रमिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संजालका सचिव अंकित आचार्यले गरेका थिए । दिप प्रज्वल कार्यक्रममा स्थानीय नेता, विभिन्न संघसंस्थाका प्रतीनिधि,स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

यसैविच दंगीशरण गाउँपालिका वडा न. ५ ले पनि संविधान दिवस मनाएको छ । वडाले एक अर्न्तक्रिया कार्यक्रमका बिच दिप प्रज्वलन गरी दिवस मनाएको हो । वडा न. ५ बालापुरमा दिप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतीथी प्रदेश सभा सदस्य सांसद दामा शर्माले नेपाली जनताको वलीदान बाट प्राप्त भएको संविधान गणतन्त्र प्रतीको सम्मानलाई बचाई राख्न जरुरी रहेको बताएका छन् । दश बर्षको जनयुद्ध बाट पाएको संविधान जनअपेक्षामूखी हुनुपर्ने उहाले ठोकुवा गरे ।

वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस