ल्वाङको औषधीय गुणबारे जान्नुहोस्

ल्वाङ विभिन्न औषधीको रुपमा प्रयोग हुँदै आएको छ । जसको प्रयोग गर्दा स्वास्थ्यमा देखिएका सामान्य समस्याहरुको समाधान हने गर्दछ ।

ल्वाङको प्रयोगले दाँत दुखेको, रुघा लागेको, ज्वरो आएको, मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्याहरुको लागि निकै फाइदाजनक हुन्छ ।

ल्वाङको कसरी गर्ने प्रयोग ?

रुघा र ज्वरो – यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने ।

टाउँको दुखाई – १० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने ।

मुखमा घाउ – मुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने

दाँत दुखे – ४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने ।

पेटको ग्यास – पेटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्वाङ पिसेर हाल्ने र मनतातो पानी खोन यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस