बिजौरी । नेकपा समाजवादीको तुलसीपुर–१८ मा अगुवा कार्यकर्ता भेला भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तुलसीपुर -१८को भेलाले ईन्द्र बहादुर खड्का अध्यक्ष र सरस्वती खनाल सचिव रहेको १५सदस्यीय वडा कमिटी चयन गरेको छ।
श्याम नेपालीको अध्यक्षमा सम्पन्न भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् प्रदेश ईन्चार्ज भागवत बिस्वासी, विशिष्ट अतिथि प्रदेश अध्यक्ष माननीय मेटमणि चौधरी, अतिथीहरु केन्द्रीय सदस्य जोग बहादुर राणा, अनारकली मियाँ, जिल्ला अध्यक्ष सुरामणी बेलबासे जिल्ला कमिटी सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो।
माननीय चौधरीले तुलसीपुर वडा नं. १८ मा नेकपा समाजवादी पार्टी बहुमतको पार्टी बन्ने बताए ।
उक्त कार्यक्रमको संचालन जिल्ला कमिटी उपसचिव डिल्ली पुनले गरेका थिए।
प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार