आजदेखि नेपाल टेलिकमको ‘नमस्ते–पे’ सञ्चालनमा आउने

काठमाडौं । नेपाल टेलिकमले (आज)मंगलबारबाट ‘नमस्ते–पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ । मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सोव सुरु गर्ने जानकारी दिए । यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो ।

यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिनेछ । एसएएसडी भनेको अहिले स्टार१४१५ह्यास डायल गरेर सेवाका लागि इन्टरनेट नहुँदा पनि गर्न सकिने ‘अनुरोध प्रणाली’ हो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक अधिकारीकाअनुसार शुरुआतमा नमस्ते पोबाट पाइने सेवा के–को हुने भन्ने आज जानकारी दिइने छ ।

यो कम्पनीले ‘युटिलिटी पेमेन्ट सर्भिस’ सहित मोबाइल मनी प्रविधिमा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्नेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब छ ।

टेलिकमसँग ठूलो नेटवर्क छ । करोडभन्दा बढी ग्राहक छन्, । धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो फड्को मार्न सकिने कम्पनीको विश्वास छ ।

धेरै देशहरुमा बैंकहरुलाई नै दूरसञ्चार कम्पनीका सेवाले टक्कर दिइरहेका छन् । कतिपय देशमा त बैंकभन्दा बढी यस्तै दूरसञ्चार कम्पनीका वालेटहरु प्रयोगमा छन् । अहिलेसम्म नेपालमा दूरसञ्चार कम्पनीले बैंकिङ सेवा थालेका छैनन् ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने अपेक्षा छ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुन्छ । टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुनसक्छ । माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा पनि प्राप्त गर्न सकिन्छ । तर, टेलिकमले नेपालमा कस्ता–कस्ता सेवा दिन्छ भन्ने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस