प्रथम स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड २०७८ आयोजना हुने

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको छ । मिडियाले बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरेको हो ।

८४ बिधामा अवार्ड गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखि असोज ५ गतेसम्म फाराम खुल्ला गरिएको छ । आयोजक टिमकाअनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।

अवार्डमा दुई दशकभन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्वारा सम्मान गरिने आयोजक टिमले जनाएको छ ।

कोरोना महामारीले सुस्ताएको गीत संगीत र त्यससँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । साथै उनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तिहरुलाई सम्मान गरिने बताए ।

अवार्डमा २०७७/०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखि हालसम्म निर्माण भएका चलचित्रलाई समावेश गरिनेछ ।

फाराम दर्ता शुल्क एक हजार रुपैया लाग्ने र ए एमएस भोटिङ्बाट आएको अंकलाई ५०% र जुरिको निर्णय ५०% हुने आयोजक टिमले बताएको छ ।

अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए । कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा सम्बोधन गर्दै निर्देशक सोम कुस्कुमाझीले चलचित्र र सांगीतिक क्षेत्रलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गर्नु राम्रो कार्य रहेको बताए ।

कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भूमिका पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ती’ले निर्वाह गरेका थिए ।

आयोजक टिमले आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस