गम्भिर बिरामीलाई भत्ता दिने निणर्यको स्वागत गर्दछु : पूर्व स्वास्थ्यमन्त्री बोहरा

दाङ । जटिल प्रकृतिका बिरामीलाई भत्ता दिने सरकारको निणर्यलाई पूर्व स्वास्थ्यमन्त्री दिपक बोहरा स्वागत गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पाटीका वरिष्ठ नेता रहनुभएका बोहराले सरकारले बिहिबार अध्यादेशमार्फत ल्याएको संसोधित बजेटमा क्यान्सर, मृगौला रोगी र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार दिने निणर्यको स्वागत गर्नुभएको हो ।

२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफु स्वास्थ्यमन्त्री हुँदा ल्याएको कार्यक्रम केपि वली नेतृत्वको सरकारले खोरेज गरेको स्मरण गर्दै पूर्वस्वास्थ्यमन्त्री बोहराले अहिले सोहि कार्यक्रमले निरन्तरता पाएकोमा खुशि व्यक्त गर्नुभएको हो ।

उहाँले शुक्रबार एक विज्ञप्ती जारी गरी गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निणर्यप्रति सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

धेरै विपन्न नागरिक गम्भिर प्रकृतिको उपचार आर्थिक अभावकै कारण बन्चित हुनुपरेको भन्दै सरकारले पछिल्लो निणर्यले केहि भएपनि राहत प्रदान गर्ने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस