एमसिसि संझौता राष्ट्रघाती: राप्रपा नेता डा धवल सम्सेर राणा

पछिल्लो समयमा मिलिनियम च्यालेन्ज कोअपरेशन(एमसिसि) संझौताका विषयमा मुलुकका विभिन्न स्थानमा विरोध भैरहेको छ । कतिपय स्थानमा सडक प्रदर्शनहरु भैरहेका छन् भने यसकै कारण एमसिसिले संसदमा प्रवेश समेत पाउन सकेको छैन । प्रतिपक्षि नेता लगायत सत्ता साझेदार माओवादी केन्द्रका नेता तथा राप्रपाका नेताहरुले पनि एमसिसि संझौतालाइ राष्ट्रघाती संझौता भन्दै आएका छन् । यहि प्रसंग तथा एकिकृत राप्रपाको आसन्न एकता अधिवेशनका विषयमा केन्द्रित रहेर राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल सम्सेर राणासंग पत्रकार खेमराज रिजालले प्रदेशपत्र अनलाइनका लागि शुक्रवार तुलसीपुरमा गरेको कुराकानीको सारसंक्षेप ।

स्वागत छ, तपाइलाइ प्रदेशपत्र अनलाइनमा ।
धन्यवाद तपाइ अनि तपाइको प्रदेशपत्र अनलाइन टिमलाइ ।

पछिल्लो समयमा मुलुकमा मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसिसि )का सन्दर्भमा चर्को विरोध भैरहेको छ । यसमा तपाई तथा तपाइको पार्टि राप्रपाको धारणा बताइदिनुस् न ?

नेपालजस्ता अल्पविकशित तथा विकाशशिल मुलुकहरुले मुलुकको समृद्धिकलागि विदेशि सहयोग लिनु अस्वाभाविक होइन । तर वैदेशिक सहयोग परीयोजनाका नाममा नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र नेपालीहरुको सार्वभौमसत्तामा आंच आउने खालका कुनैपनि सन्धी संझौता नेपालीहरुलाइ स्वीकार्य हुने छैनन् । त्यसै अनुरुप एमसिसि संझौतामा भएका केहि बुदाहरुलाइ संसोधन नगरी संझौता संसदमा टेवल गरीनु हुंदैन भन्ने मेरो मान्यता हो । संझौतामा उल्लिखित केहि बुदाहरुको शुक्ष्म अध्ययन र विश्लेषण गर्ने हो भने यो राष्ट्रघाती संझौता हो । नेपाललाइ सहयोगका नाममा अफगानीस्तान जस्तो अमेरिकि सैन्य परेड खेल्ने अखडा बनाइनु हुन्न । नेपालको समान मित्राष्ट्रमा खलल पुग्ने गरी एमसिसि मात्र होइन, कुनैपनि सन्धी संझौताको हामी घोर विरोध गर्दछौं । यद्धपि एमसिसिका विषयमा हाम्रो पार्टि राप्रपाले अहिले सम्म आधिकारीक टिप्पणि सार्वजनिक गरेको छैन । मेरो स्वतन्त्र विचारमा यद्धि नेपालले प्रस्तुत गरेका केहि बुदाहरुलाइ पुनरावलोकन नगरी जवर्जस्त कार्यान्वयनमा ल्याउने प्रयास गरीन्छ भने एमसिसि एउटा राष्ट्रघाती संझौता हो ।

एकता महाधिवेशनको संघारमा हुनुहुन्छ, अव राप्रपामा कस्तो नेतृत्व आउंछ भन्ने चाहनुहुन्छ?

हो हामी एकता महाधिवेशनको संघारमा छौं । मलाइ लाग्छ अव राप्रपा नयां राजनितिक सिराबाट अघि बढ्ने हामीलाइ विश्वास छ । अव राप्रपाको भावि नेृत्व दोस्रो पुस्ताले गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अर्थात अग्रज नेताहरुको सहयोग र उहांहरुलाइ सम्मान गर्दै नयां पुस्तामा नेतृत्व हस्तान्तरण गरीनुपर्दछ भन्ने मेरो मान्यता हो । यो मान्यता अनुसार आगामि एकता महाधिवेशनकालागी म धवल सम्सेर राणा, नेता जयन्त चन्द, राजेन्द्र लिंग्देन र विक्रम पाण्डे मध्ये एक जनाले अध्यक्षको जिम्मेवारी निर्वाह गरी राप्रपालाइ नयां दिसामा अघि बढाउने प्रण गरेका छौं । सायद महाधिवेशनमा मेरो पनि अध्यक्ष पदकालागी उम्मेदवारी मनोनयन हुन पनि सक्ने छ । आदरणिय अग्रज नेताहरुको सम्मानगर्दै दोस्रो पुस्ताका सवै नेताहरु नेतृत्व लिन हामीले देशदौडाहा समेत गर्ने छौं । अहिले एकता महाधिवेशनकै क्रममा वडा अधिवेशनहरु भैरहेका छन् । वडा अधिवेशन सकिएपछि क्षेत्रीय र जिल्ला अधिवेशनहरु सम्पन्न हुने छन् । त्यसपछि मात्रै केन्द्रिय महाधिवेशनमा कसले नेतृत्व लिने भन्ने सवालमा वहश हुने छ ।

नयां पुस्तामा नेतृत्व आउने कुरा गर्नुभो, राप्रपाका निति र कार्यक्रमहरु पनि नयां हुने छन् कि?

हो नयां नेतृत्वसंगै पार्टिको निति पनि केहि सम्सोधन हुने छ । यद्धपि हाम्रो मुख्य एजेण्डा भनेको राजा सहितको हिन्दु राज्य हो । शुसासनयुक्त सभ्य समाज, भ्रष्टाचार रहित राज्यसत्ता, रोजगारीका अवसरहरु बृद्धि गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनु राप्रपाको मुख्य राजनितिक कार्यदिशा रहने छ । मुलुकमा अहिले संघियता र गणतन्त्र पुर्ण रुपमा असफल भैसक्यो, आर्थिक पारदर्शिता कम्जोर भएर भ्रष्टाचार व्याप्त भएको छ, हामीले परीकल्प्ना गरेजस्तो गणतान्त्रिक अभ्यास हुन सकेको छैन । यो अवस्थामा सानो आकारको संघिय सरकार र शक्तिसम्पन्न सानै आकारको स्थानिय सरकार सहितको राज्य संयन्त्र बनाउने हाम्रो लक्ष हो । वर्तमान मोडेलको संभियताका कारण मुलुक आर्थिक रुपमा पनि ध्वस्त भैसकेको छ । यति सानो मुलुक्मा तीन तीन तहको सरकार चलाउन आर्थिक अवस्थाले पनि स्वीकार गर्दैन । मुलुकमा पछिल्लो समयमा विकशित राजनितिले देश अभिभावक विहिन भएको छ । यो अवस्थामा एउटा सच्चा अभिभावक मुलुकलाइ चाहिएको छ । त्यसकालागी संबैधानिक राजसंस्था हामीले चाहेको हो । त्यस्तै अर्को गहन विषय भनेको हिन्दु राज्यको पनि हो । ८५ प्रतिसत भन्दा बढि हिन्दुहरु रहेको नेपाललाइ हिन्दु राज्य घोषणा गरीनु कुनै अन्यायको विषय पनि होइन । अन्य जातजाती र धर्मावलम्विहरुको धार्मिक र सांस्कृतिक अधिकारको सम्मान गर्दै नेपाललाइ हिन्दु राज्य घोषणा गरीनु पर्दछ । यसकालागी दुइवटा विकल्प छन् । नेपालको संघात्मक संविधान सहमतीको दस्तावेज भएकाले अपरीवर्तनिय पनि छैन । त्यसैले सरकारले संसदको दुइतिहाइ वहुमतले संसदबाटै हिन्दु राज्यको एजेण्डा अनुमोदन गराउन पनि सक्छ । अर्को विकल्प भनेको जनमत संग्रहको पनि हो । यी दुइ मध्ये एउटा विकल्पको उपयोग गरेर नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्दछ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टिको आधिकारीक धारणा हो । यहि एजेण्डालाइ लिएर हामी एकता महाधिवेशनमा जांदैछौं।

तपाइ स्थानिय सरकार प्रमुख पनि हुनुहुन्छ । पछिल्लो समयमा सरकारले कोरोना रोगको संक्रमण नियन्त्रण र खोप अभियानमा उल्लेख्य उपलव्धि हासील गर्न नसकेको आरोप पनि छ नी?

हो हामी अझै पनि आम नागरीकहरुलाइ खोप उपलव्ध गराउन सकिरहेका छैनौं। सरकारले अनुदानमा प्राप्त गरेका खोपहरु पनि केन्द्रमै धेरै समय स्टक राखिएको पनि हामीले जानकारी पाएका छौं । तर कोरोना भाइरस विरुद्धको खोप लगाउने काममा ढिलासुस्ती स्थानिय सरकारबाट होइन । खोप स्थानिय तहसम्म फटाफट ल्याउने क्रममा प्रदेश सरकार र संघिय सरकारले केहि ढिलासुस्ती गरेको छ । तर पनि समग्रमा कोरोना भाइरसको विश्वव्याधि संक्रमणको नियन्त्रणमा स्थानिय तहले पुरा गरेको दायित्व असाध्यै सराहनीय छ भनेर गर्वसाथ भन्न सक्छु । म स्थानिय पालिकाको प्रमुख भएको नाताले मात्र यो दावी गरेको होइन, अन्य सवै स्थानिय पालिकाको भुमिकालाइ तपाइहरुले मुल्यांकन गर्न नितान्त जरुरी पनि छ । हामीले वोर्डरमै क्वारेन्टाइन राख्ने देखि वोर्डरमै आरडिटि र एण्टिजेन परीक्षण पनि गर्दै आएका छौं । गाउगाउमा स्थानिय पालिकाहरुले सामुदायिक क्वारेन्टाइन सन्चालन गरे, आइशोलेशन उपचार कक्षहरु निर्माण गरे । रातारात स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि समेत गरे । कोरोना भाइरसको संक्रमणका वेला स्थानिय सरकार नभैदिएको भए के अवस्था हुन्थ्यो होला? तपाई स्वयमले परीकल्प्ना गर्नुस् न । हो अवको मुख्य भुमिका भनेको आम नागरीकहरुलाइ जतिसक्दो चांडो कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउनुनै हो । यसकालागी हामीले संघिय सरकार र प्रदेश सरकारलाइ समेत निरन्तर वार्मिङ गरीरहेका छौं ।

अन्तमा एकता महाधिवेशनको स्याडुल पनि बताइदिनुस् न?

राप्रपाको आगामि एकता महाधिवेशन कार्तिक २७ देखि ३० सम्म काठमाण्डौमा हुंदै छ । त्यसकालागी अहिले जिल्लामा वडा अधिवेशनहरु भैरहेको छ । वडा अधिवेशन सकिएलगत्तै भदौ २७ र २८ गते क्षेत्रीय अधिवेशन हुने छ । जिल्ला अधिवेशन असोज पहिलो साता सम्पन्न गर्ने तयारी मुलुकका ७७ औ जिल्लामा भैरहेको छ । आगामि अधिवेशनमा जिल्लामा नेतृत्व लिनकालागी नेताहरुको दौडाहा समेत सुरु भैसकेको छ । सक्षम नेतृत्वकालागी हामीले तल्लो तहका नेता कार्यक्रताहरुलाइ आहुवान समेत गरीसकेको यसै अनलाइन मार्फत आम राप्रपाका नेता कार्यकर्ता एवं सुभेच्छुकहरुलाइ आग्रह गर्दछु । यस अनलाइन मार्फत आम पाठकहरुलाइ एकता महाधिवेशनका सन्दर्भमा केहि कुरा राख्ने अवसर दिनुभएकोमा प्रदेशपत्र अनलाइन टिमलाइ पनि विशेष धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस