
जमिन्दारको घरमा वालापनदेखिनै करीव ६ बर्ष कम्लरी बसेर मुक्त भएकि तुलसीपुर उपमहानगरपालिका—१६ लक्ष्मी चौधरी अहिले गन्यारी कृषि सहकारी संस्था लि कि अध्यक्ष हुन् । विसं २०६४ शालमा कम्लरी मुक्त भएपछि तीन महिना प्रौढ शिक्षा पढिन् र एकै पटक मानपुरस्थीत दिपेन्द्र माविमा कक्षा ५ मा भर्ना भइन् । सोहि विद्यालयबाट दश कक्षा पढ्दापढ्दै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट संबन्धन प्राप्त दोलखाको जिरीस्थीत जिरी प्राविधिक शिक्षालयबाट अनमि उत्तिर्ण परीन् । प्राविधिक शिक्षा पढाइसकेपछि ६ महिनाको ओजेटि गर्न मानपुरको स्वास्थ्य चौकि आइन् । यद्धपि विभिन्न प्राविधिक कारणले उनको यो क्षेत्रमा जागिर खाने धोको पुरा भएन । त्यसपछि उनी मुक्त कम्लरीहरुलाइ एकतृत गरेर गन्यारी कृषि सहकारीमा जोडिइन् । विसं तुलसीपुर उपमहानगरपालिका १९ वटै वडाका बचतकर्ता रहेको यो सहकारीले कृषि उद्धमीलाइ सहयोग गर्दै आएको छ । सहकारीमा हालसम्म कम्तिमा ४ सय ८४ छन् । विसं २०६६ शाल फागुनमा तुलसीपुर उपमहानगरपालिका विजौरीमा स्थापना भएको गन्यारी कृषि संस्थाको बर्तमान अवस्था, भावि कार्ययोजना तथा सहकारीले महिला उद्धमिमा गरेको योगदानका विषयमा केन्द्रित रहेर संस्थाका अध्यक्ष लक्ष्मी चौधरीसंग गरिएको कुराकानीको सारसंक्षेप ।
गन्यारी कृषि सहकारी संस्थाका विषयमा केहि जानकारी गराइदिनुस् न?
विसं २०६२/ २०६३ शालमा कम्लरी मुक्ती अभियान चल्दै गर्दा मुक्त कम्लरीहरुको जिविकोपार्जन र उनीहरुलाइ आयआर्जनमा लगाएर सानो सानो रकम जम्मा गरेर उद्धमशिल बनाउन नेपाल युथ फाउण्डेशनको सहयोगमा यो संस्था दर्ता भएको हो । सुरुआतीका क्रममा फाउण्डेशनले सहकारी सन्चालन प्रक्रियाका विषयमा संम्पुर्ण कुरा सिकाएपछि हामीले यो सहकारी स्थापना गर्यौं । दर्ता गर्ने वेला हामी जम्मा २५ जना मुक्त कम्लरीहरु थियौं । त्यति वेला हाम्रो उमेर बढिमा २० बर्ष भन्दा कम उमेरका थियौं । अर्थात हाम्रो त्यो वेला सामान्यतया स्कुल जाने उमेर मात्रै थियो । हामीलाइ त्यो वेला सहकारी के हो भन्ने जानकारी समेत थिएन । पछि सिक्दै गएर यो सहकारीलाई यहां सम्म ल्याएका छौं । जुन संस्थाले हामीलाइ सहकारीमा आवद्ध हुन उत्प्रेरीत गरेको थियो त्यसले मुक्त कम्लरीहरुलाइ जेटिए, सिएमए, अनमी लगायतका प्राविधिक शिक्षामा जोड्न समेत सहयोग गरेको थियो । अहिले मुक्त कमलरी विकाश मन्च मार्फत घुम्ति कोष स्थापना गरेर तरकारी खेती, नास्ता तालिम, तरकारी खेती तालिम, किराना पशल सन्चालन, शिलाइ कटाइ, विभिन्न नेतृत्व विकाशका तालिमहरु, पत्रकारीता तालिम लगायतका विषयमा सहयोग गर्दै आएको छ ।
तपाइहरु कसरी यो सहकारीमा जोडिनुभो?
जव मुलुकभर मुक्त कम्लरी अभियान चलिरहेको थियो, त्यहि अभियानमा हामीहरु पनि कम्लरीबाट मुक्त भयौं । जव हामी मुक्त भयौं, फेरी हामीलाइ जमिनदारको घरमा कम्लरी बस्न नपरोस भनेर मुक्त कम्लरीहरुलाइ आयआर्जनमा जोड्नु नितान्त आवस्यक थियो । त्यसको सहज माध्यम भनेकै सहकारीताको माध्यमबाट उद्धमशिलता थियो । यहि कारण हामीहरु आयआर्जन र जिविकोपार्जनकालागी यो सहकारीमा जोडिन पुग्यौं । सहकारीमा जोडिएपछि मुक्त कम्लरीहरु पनि आयआर्जनमा लाग्न सक्छन् । सानो पुजिबाट पनि उद्धमशिलताको विकाश गर्न सकिन्छ भनेर हामीलाइ सुरुमा नेपाल युथ फाउण्डेशनले पनि निकै हौसलाका साथ उत्प्रेरीत गरेको थियो । आज सहकारीको माध्यमबाट हामीलाइ यो स्थानमा ल्याउन युथ फाउण्डेशनको प्रमुख भुमिका रह्यो भन्न चाहन्छु ।

अहिले यस सहकारीको माध्यमबाट बचतकर्ताहरुले के कस्ता उद्धम गर्न सफल भएका छन् ?
सुरुमा त यसमा आवद्ध मुक्त कम्लरी हुनुहुन्छ, र त्यसपछि मुक्त कम्लरीका परीवार पनि हुनुहुन्छ । अहिले उहांहरुले यहि सहकारीबाट ऋण लिएर कुखुरापालन, बंगुर पालन, व्यवसायीक तरकारी खेती, ग्रिल उद्योग, किराना पशल सन्चालन लगायतका लघु उद्धम सन्चालन गर्नुभएको छ । हामीले सहकारीमा आवद्ध बचतकर्ताहरुलाइ विना धितो १ लाख रुपैया सम्म बार्षिक साढे चौध प्रतिसत व्याजदरमा ऋण दिने गरेका छौं । बचतका आधारमा ऋण दिने भएकाले अहिले सम्म कुनै धिताको आवस्यकता पनि परेको छैन । जतिले संस्थाबाट ऋण लिनुभएको छ, सवैले आफ्नो दैनिक जिवनलाइ सहज बनाउनु भएको हामीले पाएका छौं । पछिल्लो समयमा हामीले सामुहिक रुपमा लोपोन्मुख अर्गानिक तिल्कि धान खेती, अर्गानिक तोरी उत्पादन गरीरहेका छौं । यसमा विभिन्न निकायले आर्थिक एवं प्राविधिक सहयोग पनि हामीलाइ मिलिरहेको छ । स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका—१८ तथा पर्यावरणिय दिगो विकाश एवं अनुसन्धान केन्द्र हेमन्तपुरले पनि हामीलाइ सहयोग गर्दै आएको छ । यो संस्थाले व्यवसायीक कुखुरापालनका लागी पनि सहयोग गर्दै आएको छ ।
महिलाहरुले सहकारी चलाइरहदा के कस्ता समस्या भोग्नु भो?
सुरुमा त हामीलाइ निकै गाह्रो थियो, जुनवेला हामीले सहकारीमा आवद्ध भयौं, त्यो वेला हामी मुस्कीलले अक्षर चिन्ने भएका थियौं । चार खाता पोष्टिङ गर्ने वेला हामी क ख नै लेख्न नजान्ने थियौं । त्यो वेला मुक्त कम्लरी विकाश मन्चको माध्यमबाट नेपाल युथ फाउण्डेशनका सरहरु आएर हामीलाई खातापाता राख्न सिकाउनु भो । अनि अर्को समस्या भनेको हामीलाइ समुहमा बोल्न समेत सक्दैनथ्यौं । माइक समाउदा हात काप्ने अवस्था थियो । मन्चमा पुग्दा निर्धक्क बोल्न पनि सकिन्नथ्यो । जानेको र बोल्न चाहेको कुरा पनि प्रष्ट रुपमा भन्न सकिने अवस्था थिएन । तर जव सवै जिम्मेवारी हामीले लिदै गयौं र सवैबाट यो विषयमा साथ र सहयोग एवं हौसला पनि प्रदान भयो, त्यसपछि हामी सहज रुपमा सहकारीको अभ्यास गर्न सक्यौं । अहिले हामीलाइ कार्यक्रम चलाउने महिला वाहिरबाट खोज्नु पर्दैन, लेखा राख्न सक्ने पनि हामी आफै भएका छौं । ऋणको व्याज लेखाजोखा गर्ने देखि सवै आर्थिक कारोवारहरु आफै सम्हाल्न सक्ने भएका छौं ।
मुलुकभर सहकारीको बचत रकम अपचलन भैरहेका वेला तपाइहरुको सहकारीको अवस्था के छ ?
हामीले सन्चालन गरेको यो सहकारीमा यस्तो अवस्था आएको पनि छैन र आउन दिने पनि छैनौं । हामीले जहांजहां लगानी गरेका छौं, त्यो लगानी खराव ऋण हुनै सक्दैन । किनकि हामीले गैरउद्धमकालागी लगानीनै गरेका छैनौं । जहां लगानी गरेका छौं, त्यहांबाट ऋण लिने सदस्यहरुले अपेक्षा अनुसारको प्रतिफल पाइरहेको अवस्था छ । समयमा किस्ता तिर्नुहुन्छ, समयमा व्याज तिर्नुभएको छ । अहिले सम्म लगानी डुव्ने कुनै जोखिम पनि हाम्रो सहकारीमा छैन । हाम्रो सहकारीमा अहिले सम्म जम्मा पुजि १ करोड, ५ लाख ६६ हजार ९९ रुपैया रहेको छ । यस मध्ये हामीले करीव करीव ९० लाख रुपैया लगानी गरेका छौं । कतिपय बचतकर्तालाइ बचत फिर्ता दिनु पर्यो भने हामीले अहिले जगेडामा करीव पन्धलाख रुपैया बैंक खातामा राखेका छौं । अरु भनेको ऋण लगानी गर्ने र अशुलि गर्ने काम भने निरन्तर भैरहेको छ । हामीले गैर उत्पादन क्षेत्रमा लगानी नगरेकै कारण हामी अहिलेसम्म बचतकर्ताको बचत अपचलन हुने अवस्थामा छैनौं ।

अन्तमा यो सहकारीका विषयमा केहि भन्न चाहनुहुन्छ?
यो सहकारीमा जति मुक्त कम्लरीहरु आवद्ध हुनुहुन्छ उहांहरुले थप क्रियाशिलता बढाउन अनुरोध गर्दछु । जो जोडिनु भएको छैन, उहांहरुलाइ पनि यो सहकारीमा जोडिएर उद्धमशिलतामा लाग्न पनि हार्दिक अनुरोध गर्दछु । हामीले धेरै ठुलो सपना देखेका छैनौं र धेरै ठुलो सपना बाडेका पनि छैनौं । खालि काम गरेपछि सवैले भोकोपेट बस्न नपरोस भन्ने मात्रै हाम्रो चाहना हो । सवैले लघुउद्धमशिलतामा लागेर आयआर्जनमा जोडिन सकेमा यसले स्थानिय स्तरमै उत्पादन बढाउने र स्वरोजगार पनि बनाउने भएकाले सानो पुजिबाट पनि उद्धमशिलतामा जोडिनकालागी सवैलाइ आग्रह पनि गर्दछु । हाम्रो अभियान आत्मनिर्भरतासंगै विशेष गरी कृषि उद्धमीलाइ प्रवद्र्धनकालागी भएकाले यसमा सवै क्षेत्र, स्थानिय सरकार, गैरसरकारी संस्था, नागरिक समाज तथा आम सन्चार क्षेत्रबाट पनि निरन्तर साथ र सहयोगको अपेक्षा पनि गर्दछु । साथै मुक्त कम्लरीहरुले सन्चालन गरेको सहकारीका विषयमा केहि कुरा राख्ने अवसर दिनुभएकोमा प्रदेशपत्र परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।