रोल्पा । नेपाली कांग्रेस रोल्पाको वडा महाधिवेशन सम्पन्न भएको छ। बुधबार देखि सुरुभएको वडा महाधिवेशन जिल्लाको ७२ ओटै वडामा सम्पन्न भएको जिल्ला निर्वाचन सहायक अधिकृत सुर्य बहादुर वलीले जानकारी दिनुभएको छ।
वलीका अनुसार जिल्लाको ७२ वडा मध्य १४ वडाको महाधिवेशन निर्वाचन प्रक्रियाबाट भएको र अन्य ५२ वडामा निर्विरोध भएको बताउनुभयो।
रोल्पामा १ नगरपालिका र ९ गाउँपालिका रहेका छन जसमा रोल्पा नगर पालिकामा १० वडा,सुनिलस्मृती गाउँपालिकामा ८ वडा,लुङग्री गाउँपालिकामा ७ वडा,सुनछहरी गाउँपालिकामा ७ वडा, रुन्टीगढी गाउँपालिकामा ९ वडा, त्रिवेणी गाउँपालिकामा ७ वडा, माडी गाउँपालिकामा ६ वडा, गंगादेव गाउँपालिकामा ७ वडा, परिवर्तन गाउँपालिकामा ६ वडा र थबाङ्ग गाउँपालिकामा ५ वडा गरि जम्मा ७२ वडा रहेका छन।
प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार