तालिबानले विदेशी नागरिकलाई मुलुक छाड्न दिने

२४ भदौ, काठमाडौं । अफगानिस्तानको नवगठित तालिबान सरकारले विदेशी नागरिकलाई मुलुक छाड्न दिने भएको छ ।

अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानमा रहेका दुई सय अमेरिकी नागरिक र अफगानिस्तानमा रहेका अन्य मुलुकका मानिसले बिहीबार अफगानिस्तान छाड्न लागेका छन् । तालिबानको नयाँ सरकारले उनीहरुलाई मुलुक छाड्न दिने निर्णय गरेको हो ।

तालिबानले नयाँ सरकारको घोषणा गरेको दुई दिनमा नै उसले विदेशी नागरिकलाई बाहिरिन दिने निर्णय गरेको हो । अमेरिकाले तालिबानसँग निरन्तर आफ्ना नागरिकलाई बाहिरिन दिन दबाब दिँदै आएको थियो ।

तालिबानले अफगानिस्तानमा बनाएको नयाँ सरकारलाई अहिले विश्व समुदायले नै चासोका साथ हेरेको छ । अमेरिकाले तालिबानको सरकारलाई मान्यता दिन हतार नगर्ने बताएको छ । साथै तालिबानलाई उसको शब्दबाट नभई उसको व्यवहारबाट मूल्यांकन गर्ने अमेरिकाले बताएको छ ।

एजेन्सी

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस