काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री देउवासँगको छलफलका लागि वरिष्ठ नेता पौडेल बालुवाटार पुगेका थिए।
दुई नेताबीच पार्टी महाधिवेशन, क्रियाशिल सदस्यता विवादबारे छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
ुप्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी महाधिवेशन, डडेल्धुरामा क्रियाशील सदस्यता विवाद र २१ जिल्लामा प्रकाशित हुन नसकेको क्रियाशिल सदस्यताबारे कुराकानी भएको छु उनले भने।
कांग्रेसले भदौ १८ वडामा अधिवेशन सुरु गरेको भएपनि ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरुमा अधिवेशन बाँकी नै छ।
प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार