
भाद्र २२,दाङ — गाउँपालिका उपाध्यक्षसहित दाङका २१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, दुई वडा अध्यक्ष, दुई जिल्ला समन्वय समिति सदस्य र अन्य वडा सदस्यहरुले समाजवादी रोजेका हुन् । चौधरी प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीकी दिदी हुन् ।
माधवकुमार नेपालले नयाँ दल दर्ता गरेपछि निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिहरुलाई भदौ १५ देखि २२ गतेसम्म दल रोज्न समय निर्धारण गरेको थियो ।
जसअनुसार घोराही उपमहानगरपालिका ४ का वडाध्यक्ष भिमबहादुर सार्की, तुलसीपुर उपमहानगरपालिका १६ का वडाध्यक्ष भुपबहादुर केसी, जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल र तिलाकुमारी बुढासहित अन्य वडा सदस्यहरुले समाजवादीमा सनाखत गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार