२१ भदौ, काठमाडौं । चलचित्र ‘ग्रीन बर्ड’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ ।
यो चलचित्रलाई चितवन र नवलपरासीमा खिचिने निर्माणपक्षले बताएको छ । यो चलचित्रमा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिदैछिन् । साथमा, यो चलचित्रमा कमलमणी नेपाल र अफरान अलीको पनि मुख्य भूमिका रहनेछ ।
यो चलचित्रलाई प्रमोद कँडेलले निर्देशन गर्दैछन् । प्रमोदको यो डेब्यू चलचित्र हो । भदौ २५ गतेबाट चलचित्रको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।
योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले परिवार र समाजको परिधी भन्दा बाहिर गएर स्वतन्त्र तरिकाले जीवन जिउन चाहने एक यूवतीको संघर्षको कथालाई पर्दामा देखाउनेछ ।
प्रमोदकै कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन, अन्जय खड्काको सम्पादन रहनेछ ।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार