२० भदौ, काठमाडौं । आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन हरेका दिन बिहान केही विशेष बानीहरुलाई अपनाएमा मात्रै पनि धेरै फाइदा लिन सकिन्छ । यसले स्वास्थ्य राम्रो त हुन्छ नै कार्यक्षमता पनि बढ्नेछ । जसले तपाईंको सपना पुरा गर्न पनि मद्धत गर्छ ।
स्वस्थ्य जीवनका लागि जरुरी पाँच कुरामा ध्यान दिनुहोस्
१. दिनमा ८ घन्टा सुत्ने
खाना खाने र पानी पिउने जस्तै अर्को महत्वपूर्ण कुरा हो सुत्ने । तर, काम धेरै गर्ने चक्करमा धेरै मानिसहरु पर्याप्त निन्द्रा लिँदैनन् जसको कारणले उनीहरुलाई कैयौं खालको स्वास्थ्य सम्बन्धी समस्याहरुको सामना गर्नुपर्छ ।
यदि पर्याप्त निदाउनुहुन्छ भने यसले तपाईलाई निम्नलिखित लाभ मिल्छ
– स्मरणशक्ति बढ्छ
– आयु बढ्छ
– क्रियाशिलता बढ्छ
– कामप्रति ध्यान केन्द्रित हुन्छ
– शरीरको बोसो कम हुन्छ र मांसपेसीहरु मजबुत हुन्छन्
२. ध्यान र प्रार्थना गर्ने
ध्यान र प्रार्थनाले मानिसको जीवनलाई सकरात्मकता तर्फ लैजान्छ । तपाईंजीवनमा जति धेरै सकरात्मक रहनुहुन्छ परिस्थिति पनि त्यति नै सकरात्मक हुन्छ । यसैले ध्यान र प्रार्थना जीवनमा अगाडि बढ्नको लागि जरुरी छ ।
३. प्रतिदिन तीस ग्राम प्रोटिन सेवन गर्ने
तपाईंले दिनभरको आफ्नो खानामा लगभग ३० ग्राम प्रोटिनको सेवन अवश्य गर्नुपर्छ । प्रोटिनयुक्त खाना खानाले तपाईंको कार्यक्षमता बढ्छ र लामो समयसम्म भोक लाग्दैन ।
साथै यसले ब्लड सुगरको स्तर पनि सन्तुलित राख्छ । जसले तपाईं छिटै थाक्नुहुन्न र आफ्नो काम सफलतापूर्वक गर्न सक्नुहुन्छ ।
४. चिसो पानीले नुहाउने
चिसो पानीले नुहाउनाले मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ रहन्छ । चिसो पानीले नुहाउनाले मुडफ्रेस बनाउने न्यूरो केमिकल्स निस्कन्छ जसले तपाईंलाई खुसी भएको महसुस गराउँछ ।
यसैले चिसो पानीको स्नानले कार्यक्षमतालाई बढाउनको लागि फाइदाकारी हुन्छ ।
५. अगाडि बढ्नको लागि प्रेरित गर्ने चीज
जीवनमा अगाडि बढ्नको लागि आफैलाई हमेसा प्रोत्साहित गर्नुहोस् । यसैले यस्तो चीज पढन् पर्छ जसले तपाईंको जीवनमा सफल हुनको लागि प्रेरणा मिलोस ।
आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने लक्ष्य लिनुहोस् । यसो गरेमा तपाईं सँधै आफ्नो कामलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रयास गरेर सफलता तर्फ अग्रसर हुनुुहन्छ ।