
२० भदौ, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्नक लागि फिलिपिन्सले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।
कोरोनाविरुद्धको खोप लगाएपछि कोरोना संक्रमण कम हुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्र प्रतिबन्ध हटाइएको जनाएको छ । फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।
यद्यपि फिलिपिन्स आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले बताएका छन् ।
प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार