घोराही । दाङको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
किशन मामाको घर राजपुर गाउँपालिका–७ हाटबास आएका बेला मंगलबार बिहान करिब ११ बजे राप्ती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीमा डुबेर उनी अचेत भएका थिए।
अचेत अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक २५ गते मङ्गलवार


