सेयर बजार ११ अंक बढ्यो, कारोबार घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ११.९६ अंक बढेको छ । आज (मंगलबार)को वृद्धिपछि नेप्से २५७८ अंकमा कायम भएको छ । कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३ अर्ब १३ करोडको भयो । आज १६९ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ तथा व्यापार ०.८२ प्रतिशत बढे । निर्जीवन बीमा ०.०६ प्रतिशत घट्यो । त्यस्तै माइक्रोफाइनान्स ०.१७ अंक घट्यो ।

त्रिशूली जलविद्युतको मूल्य ५.११, सालपका विकास बैंकको ३.७७, हाथवे इन्भेस्टमेन्टको ३.६५, बुटवल पावरको ३.५७ तथा लिबर्टी इनर्जीको मूल्य ३.५० प्रतिशत बढ्यो ।

सर्वोत्तम पेन्ट्सको ४.९४, चिरख्वा हाइड्रोपावरको ३.०० उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक तथा पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस