शुक्रबार राति १२ बजेदेखि संसद्को दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ, असोज १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अधिवेशन २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस