काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १३ सय र चाँदीको मूल्य प्रतितोला ९० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार



