काठमाडौं । नेपाली बजारमा बिहीबार (वैशाख ३१) सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख दुई हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९वैशाख ३०० तीन लाख दुई हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार



