काठमाडौं । आज मंगलबार सुन र चाँदी दुवैको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ४ सय रुपैयाँले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँ बढेको हो।
प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार


