सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा यसदिन सुन १ हजार रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला सुन २ लाख ९६ हजार १०० कायम भएको थियो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार १०० कायम भएको हो।

सुनको मूल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार चाँदी ६५ रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार एक तोला चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँमा पुगेको थियो।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया दिनुहोस