काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर पाँच हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ ।
आइतबार चाँदी पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार


