सुनको मूल्यमा फेरि लाग्यो उकालो, बजार भाउ ३ लाख नाघ्यो

काठमाडौं : नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । यो सँगै आज सुनको मूल्य ३ लाख एक हजार कायम भएको छ । यस अघि शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस