काठमाडौँ– स्थानीय बजारमा बुधबार (चैत २५) सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले वृद्धि भएको हो।
नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक तोला सुन खरिद गर्न २ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भई ५ हजार २५ रुपैयाँ पुगेको छ।
हिजो चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार


