विजौरी । चैतको महिना बनै उजाड, मनै उजाड अनि थकित हुने मौसम । वेमौसमी मनसुनी वायु अव मुलुकबाट वाहिरिएको छ । सुख्खा मौसम संगै हावा हुरीको प्रकोप समेत सुरु भैसकेको छ । यो समय वन डढेलो र आगजनी फैलनकालागी उपयुक्त समय पनि हो । तर सुन्य वन डढेलोको अभियानमा सरोकारवाला निकायको यो बर्ष अर्थपुर्ण एक्सन पनि देखिएन् । यहि बीचमा जिल्लाका केहि सामुदायिक वनमा डढेलो लाग्न सुरु भैसकेको छ । यसले सुन्य सुन्य डढेलो अभियानलाई फेरी पनि चुनौति दिने छ ।
अघिल्ला बर्षहरुमा सुन्य डढेलोको अभियानलाइ सार्थक बनाउन सचेतनादेखि अग्नीरेखा र अग्नी नियन्त्रण दस्ता समेत बनाइसकिएका हुन्थे । जिल्लामा सेलीव्रेटीहरुले वनमा आगजनी हुन नदिन सचेतनाका गितहरु गाउथे । सञ्चार क्षेत्रमा यो अभियानको व्यापक प्रचार प्रसार हुन्थ्यो । तर यो बर्ष भने यी सवै अभियान तथा कार्यक्रमहरु गुमनाम छन् ।
विपत बाजा बजाएर आउने होइन । यो जुनसुकै बेला पनि आउन सक्ने भएकाले सधै सचेत भएर आगजनी नै हुन नदिनेतर्फ सवै सचेत हुनु पर्दछ । सचेतनाको माध्यम भनेकै सञ्चार क्षेत्र हो । सरकारले शुन्य डढेलोको अभियानमा करोडौं रुपैया खर्च गरीरहंदा सन्चार क्षेत्र यो क्षेत्रमा वेखवर गराइयो भने सुन्य डढेलोको अभियाननै साकार हुन नसक्ने सरोकारवाला निकायहरुको अभिव्यक्ति छ ।
खासगरी घोराहीको दक्षिण फेदिबाट फैलिएको वन डढेलो तथा तुलसीपुर उपमहानगरपालिकाको दक्षिण तर्फको पहाड अमिलिया जंगलमा डढेलो सल्कियो भने नियन्त्रण लिन निकै कठिन हुने छ । यी दुइ क्षेत्रलाइ वन डढेलोको अति समवेदनशिल क्षेत्रका रुपमा वनले लिने गरेको छ ।
धेरै नागरीक सचेत होलाने, तर केहि नागरीक अचेत पनि बनिदिन्छन् । अर्थात नकारात्मक चेतनाको पनि हाम्रो समुदायमा विकाश भएको छ । वनमा डढेलो लगाएर घास सप्रन्छ, पालुवा सप्रन्छन्, च्याउ उम्रन्छ भन्ने जस्ता भ्रम चिर्न सकेमा मात्र सुन्य डढेलो अभियानले सार्थकता पाउन सक्दछ । तर यी सवै विषयमा अहिले आम नागरीकहरु वेखवर जस्तै छन् । सन्चार क्षेत्रले डढेलो विरुद्धका गितहरु गाएका छैनन् । पत्रिकाका पानामा सुन्य डढेलोका अभियान लेखिएका छैनन् । डिभिजन वनले अग्नीरेखा कोर भनेर सामुदायिक वनलाई भनेका सन्देशहरु उपभोक्ता माझ पुग्न सकेका छैनन् । यद्धपि मिडियाले एउटा औपचारिक धर्म भने सधै निर्वाह गर्दै आएका छन् । के यतिले मात्र सफल होला सुन्य डढेलोको अभियान?
यो बर्ष वन डढेलो विरुद्धका अभियान के के सन्चालन गरिए ? डिभिजन वन कार्यालय दाङका सुचना अधिकारी भक्त वहादुर चौधरी भन्छन्, ‘वन डढेलो सप्ताहको औपचारिक कार्यक्रम सकिएको छ, यद्धपि सचेतनाको अभियान भने अझै चलिरहेको छ ।’ सुचना अधिकारी चौधरीका अनुसार वन डढेलो सप्ताहका अवसरमा यो बर्ष भर्खरै मात्र एफएमहरुमा सुचना मुलुक सन्देश प्रवाह गरेर प्रचार प्रसार गर्ने काम सकिएका छन् । जिल्लाभित्रका तीन वटा सव डिभिजन वन कार्यालयहरुले माताहतका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुसंग वन डढेलो विरुद्धको सचेतनामुलक अन्र्तक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । त्यसैगरी वनमा डढेलो लागीसकेपछि तत्काल परीचालित हुने गरी दुइ महिनाकालागी ५ जनाको अग्नी नियन्त्रण दस्ता निर्माण भैसकेको छ । वन कार्यालय माताहतकै शशस्त्र वन रक्षकहरु पनि अग्नी नियन्त्रणमा अभ्यस्त रहन्छन् । ‘यतिले मात्रै हाम्रो अभियान सार्थक हुदैन्, सुन्य डढेलो अभियानमा हामीले आम नागरिकहरुको साथ र सहयोगको पनि अपेक्षा गरेका छौं’, सुचना अधिकारी चौधरीले भने ।
सुख्खा मौसमसँगै हावाहुरीको रफ्तार पनि बढेपछि जिल्लामा फाटफुट रुपमा वन डढेलोका घटना देखिन थालेका छन् । डिभिजन वन कार्यालय दाङकै कार्यक्षेत्रमा पर्ने केहि वन क्षेत्रमा वनको डढेलो देखिन सुरु भैसकेको छ ।
समग्रमा भन्नुपर्दा दाङ जिल्ला वन डढेलो फैलने जोखिमको जिल्ला हो । खासगरी घोराहीको दक्षिण फेदिबाट फैलिएको वन डढेलो तथा तुलसीपुर उपमहानगरपालिकाको दक्षिण तर्फको पहाड अमिलिया जंगलमा डढेलो सल्कियो भने नियन्त्रण लिन निकै कठिन हुने छ । यी दुइ क्षेत्रलाइ वन डढेलोको अति समवेदनशिल क्षेत्रका रुपमा वनले लिने गरेको छ । यद्यपि यी क्षेत्रमा डढेलो नलागेको कुनै बर्ष हुदैन ।
वनमा आगजनी हुन नदिनुनै उत्तम हुने छ, किनकि यहांका वनहरुमा डढेलो फैलिइसकेपछि अग्नी नियन्त्रण दस्ता वा कुनैपनि मेसीनको प्रयोग गरेर नियन्त्रणमा लिनु भनेका निकै चुनौतिपुर्ण काम पनि हो । कुनै वेला सामुदायिक वनमा सल्केको आगो निभाउन पुगेका उपभोक्तानै जलेर निधन भएको तितो घटना पनि हामी सामु छ । ‘हाम्रा दक्षिणि क्षेत्रका वनमा आगजनी सुरु भयो भने नियन्त्रणमा लिननै ठुलो चुनौति छ, अर्थात सकिदैन भनेपनि हुन्छ’, एक जना वन अधिकारीले भने, त्यसो भएको हुनाले वनमा आगजनी हुनै नदिन सवै सचेत हुनुको कुनै विकल्प छैन । वनमा डढेलोका धेरै घटनाहरु विश्लेषण गर्ने हो भने वनमा आगजनी भुलवस हुने होइन, नियतलेनै वनमा डढेलो लगाउने गरिएको छ ।
त्यसैले सुन्य डढेलो अभियानमा संपुर्ण नागरीकहरु जोडिएर सकारात्मक भएभने मात्र अभियान सार्थक हुन सक्ने ती अधिकारीको भनाइ थियो । ‘हामी सवैले यति मात्र प्रतिज्ञा गरौं कि मैले वनमा आगजनी गर्ने छैन, तपाइ र म कसैले पनि आगो झोसेनौं भने अरु कसैले हाम्रा वनमा आगजनी गर्ने छैन’, ती अधिकारीले भने ।
साक्षी खबरवाट


