सुन र चाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार र शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ।

शुक्रबार प्रतितोला चार चार हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस