तोलामा २५ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

काठमाडौं। सोमवार सुनको मूल्य घटेको छ । नेपाली सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २५ सय रुपैयाँले घटेको हो ।

आज प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।

यस्तै, आइतवार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस