सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ / नेपाली बजारमा आज अर्थात मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ ।

यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस