ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलाको ५ हजार छ सयले बढेर तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २४५ रुपैयाँले बढेर तोलाको ५९८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५७४० मा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस