सुनको मूल्य ३ हजार २०० रूपैयाँले बढ्यो

सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५ हजार ६०० रूपैयाँले बढेको सुनको मूल्य आज ३ हजार २०० रूपैयाँले बढ्दै ३ लाख १३ हजार ५०० रूपैयाँ पुगेको हो ।

यस्तै,आज चाँदीको मूल्य पनि तोलामा १७० रूपैयाँले बढ्दै ५ हजार ५९५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४२५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस