सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै ३ लाख ९ हजार

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार पुगेको हो ।

हिजो आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। पछिल्ला दिनमा निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस