नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । जुन हालसम्मकै उच्च हो ।
प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार


