२ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार १०० रुपैयाँले बढ्दै २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो ।

तथापि, चाँदीको मूल्य भने आज तोलामा ५५ रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ पुष २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस