जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मधेशमा जसपा नेपालले महन्थ ठाकुरसहित चारैजना उम्मेदवार अघि सारेको छ । यहाँ कांग्रेस–एमालेसँग तालमेलमा ठाकुरलाई अघि सारिएको छ ।
जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दिएका हुन् । उनी महोत्तरी ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष जितेका थिए ।
लोसपा र जसपा नेपालबीच केही दिनअघि एकताको निर्णय भएसँगै कांग्रेस–एमालेसँगको तालमेलमा उनलाई अघि सारिएको हो ।
त्यसबाहेक जसपा नेपालले अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेलीदेवी दासलाई अघि सारेको छ ।
यहाँ नेकपाले शम्भु पासमान, लक्ष्मण पौडेल, रामानन्दप्रसाद र समी अग्रवाललाई उठाएको छ ।
प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार


