कांग्रेसको विशेष महाधिवेशन गर्ने गरी भृकुटीमण्डपमा ‘हल बुक’

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न यही पुस २७ र २८ गतेका निम्ति भृकुटीमण्डपको प्रदर्शनी हल ‘बुक’ गरिएको छ । महामन्त्रीले महाधिवेशन आयोजना गर्ने गरी भृकुटीमण्डपको हल बुक गरिएको हो ।

नियमित महाधिवेशनका निम्ति बुधबार (पुस १६) मा वडा र आज (पुस १७) पालिका अधिवेशन हुनुपर्ने थियो । तर, त्यो हुन नसकेपछि विशेष महाधिवेशनतर्फ लागिएको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

गौतमका अनुसार, शुक्रबार (पुस १८) विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट पत्रकार सम्मेलन गरिँदै छ ।

शनिबार (पुस १९) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने सम्भावना रहेको उनले बताइन् ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस